PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

डेल स्टेन पुन: नम्बर वन टेस्ट बलर



पहिलोपोस्ट

डेल स्टेन पुन: नम्बर वन टेस्ट बलर

आठ महिनापछि दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेन टेस्ट क्रिकेटको नम्बर वन बलर बनेका छन्।
 
न्युजिल्यान्ड विरुद्धको दोस्रो टेस्टमा ८ विकेट लिएपछि स्टेन पुन: टेस्ट बलरको शीर्ष स्थानमा फर्केका छन्।
 
उनले न्युजिल्याण्ड विरुद्ध पहिले पारीमा ३ तथा दोस्रो पारीमा ५ विकेट लिएका थिए। स्टेनकै शानदार बलिङको मद्दतमा उक्त खेल दक्षिण अफ्रिकाले २०४ रनको अन्तरले जितेको थियो।
 
तेस्रो स्थानमा रहेका स्टेनले नम्बर वन बन्ने क्रममा इंगल्याण्डका जेम्स एण्डरसन र भारतका रचिन्द्रन आश्विनलाई पछि पारेका हुन्। स्टेन शीर्ष वरियतामा पुगेसँगै एण्डरसन दोस्रो र आश्विन तेस्रो स्थानमा झरेका छन्।
 
सन् २०१५ डिसेम्बरमा स्टेड टेस्टतर्फ नम्बर वन बलर थिए। तर डर्वान टेस्टका दौरान पाखुरमा चोट लागेपछि स्टेनको वरीयता खस्किएको हो।
 
स्टेड नम्बर वन बन्दा दक्षिण अफ्रिकाकै भर्नोन फिलाण्डर र खागिसो रबडाले पनि वरीयतामा सुधार गरेका छन्।
 
१३ औं स्थानमा रहेका फिलाण्डर २ स्थान सुधार गर्दै ११ औं स्थानमा पुगेका छन् भने ३० औं स्थानमा रहेको रबडा ३ स्थान सुधार गर्दै २७ औं स्थानमा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell