काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य घटाएको छ।
निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासमा ५० रुपैयाँ मूल्य घटाएको हो। निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले एक सिलिण्डरमा ५० रुपैयाँ कम गरिएको जानकारी दिए।
इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाउनेबारे निर्णय गरेको हो। निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखेको छ। अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा पाउनेछन्।
सरकारले चाडपर्वमा उपभोक्तालार्इ राहत दिन ग्यासको मूल्य घटाउन निर्देशन दिएका कारण निगमले मूल्य घटाएको हो। आइओसीले पठाएको मूल्य अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेकोले मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४७ डलर ४ सेन्ट पुगेको छ।