
काठमाडौं : व्यावसायिक मोडलहरुले ‘डि समर काउचर सिजन’ फेसन शोमा क्याटवाक गर्ने भएका छन्। भोलि शुक्रबार त्रिपुरेश्वरस्थित मुड लाउञ्जमा हुने शोमा १२ जना मोडलको प्रस्तुति रहनेछ।
अमिर कला केन्द्रको आयोजनामा हुने फेसन शोको कोरियोग्राफी प्रवेश गिरीले गरिरहेका छन्। यो 'डि समर काउचर' सिजनको तेस्रो संस्करण हो।
सिनेम्याक्सको व्यवस्थापन तथा अवधारणमा हुने शोमा इकोनिक फेसन हाउस, हाउस बुटिक, लाफ डिजाइन स्टुडियो तथा डेजल कलेक्सनका पहिरनहरु प्रदर्शन गरिनेछ। आठ सिक्वेन्समा विभाजन गरिएको शोमा सारी, कुर्ता, अनारकली, इभिनिङ गाउन, सर्टस्, क्याजुअल तथा क्लब वेयर प्रदर्शन गरिने आयोजक संस्थाले बताएको छ।
फेसन शोको क्रममा बि–बोइङ, साल्सा, जुम्बासहित लोकदोहोरी समेत प्रस्तुत गरिनेछ।