PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

​एसियाली शारीरिक सुगठनमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

​एसियाली शारीरिक सुगठनमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा नेपालबाट एक महिलासहित ६ खेलाडी सहभागी हुने भएका छन्।

पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन्। स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

भुटान जाने नेपाली टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी रहेका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले बिहिबार एक कार्यक्रमबीच बिदाइ गरे। 

प्रतियोगिता भदौ १७ देखि २३ गतेसम्म हुनेछ। नेपाली टोली शुक्रबार भुटान प्रस्थान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell