PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

​क्रिकेटरद्वय राजु रिजाल र प्रेम तामाङलाई एनआईसी एसियाले २ वर्षसम्म मासिक २० हजार दिने



पहिलोपोस्ट

​क्रिकेटरद्वय राजु रिजाल र प्रेम तामाङलाई एनआईसी एसियाले २ वर्षसम्म मासिक २० हजार दिने

काठमाडौं : युवा क्रिकेटरद्वय राजु रिजाल र प्रेम तामाङलाई एनआइसी एसिया बैंकले दुई वर्षको लागि प्रायोजन गर्ने भएको छ। 


राजु र प्रेमलाई स्पोर्ट्स स्कलरसिप अन्तर्गत बैंकले २ वर्षसम्म मासिक २० हजार उपलब्ध गराउने गरी सम्झौता गरेको हो। बिहिबार आयोजित

कार्यक्रममा क्रिकेटर राजु रिजाल र प्रेम तामाङ तथा बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
नगद प्रायोजनसँगै बैंकले खेलाडीको लागि खेल सामाग्री समेत प्रदान गर्ने जनाएको छ। 

विकेटकिपर ब्याट्सम्यान राजु यु १९ टोलीका कप्तान तथा राष्ट्रिय क्रिकेट टोलीका समेत सदस्य हुन्। प्रेम पनि यु १९ टोलीकै अलराउण्डर हुन्।

यसअघि राष्ट्रिय टोलीकै युवा अलराउण्डर सन्दिप लामिछानेलाई सानिमा बैंकले प्रायोजन गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell