
काठमाडौं : सार्वजनिक सवारी साधनमा देखिने विकृति नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सुरु गरेको छ।
नजिकिदै गरेको तीज, दसैं, तिहार, छठ जस्ता पर्वहरुमा हुन सक्ने चोरी, लुटपाट र अवाञ्छित गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले सादा पोसाकमा क्यामेरासहित प्रहरी परिचालन गरेको छ।
बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म प्रहरीले बसभित्र चढी निगरानी गर्नेछन्। ललितपुर प्रहरीले बालकुमारीदेखि एकान्तकुनासम्म चक्रपथमा चल्ने सवारीमा निगरानी गर्न थालेको छ।