PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

सन्यासबाट फर्केको पहिलो खेलमै मेसीले गोल गर्दा अर्जेन्टिनाले उरुग्वेलाई हरायो



पहिलोपोस्ट

सन्यासबाट फर्केको पहिलो खेलमै मेसीले गोल गर्दा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

सन्यास फिर्ता लिँदै अर्जेन्टाइन राष्ट्रिय फुटबल टोलीका लागि खेलेका लियोनल मेसीले पहिलो खेलमै गोल गरेका छन्।
 
मेसीकै गोल मद्दतमा अर्जेन्टिनाले सन् २०१८ मा रसियामा हुने विश्वकप छनोट अन्तर्गत उरुग्वेलाई हरायो।
 
दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा १० खेलाडीमा रहेर खेलेको अर्जेन्टिनाले उरुगवेलाई १-० ले पराजित गरेको हो। खेलको ४३ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर युवा स्टार पाउलो डाएबलाले रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि अर्जेन्टिनाले दोस्रो हाफ १० खेलाडीमा रहेर खेल्यो। तर त्यसको फाइदा उरुग्वेले उठाउन सकेन।
 
अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले जुन २७ मा अर्जेन्टिनी फुटबल टीमबाट सन्यासको घोषणा गरेका थिए। तर समर्थक र अर्जेन्टिनाका राष्ट्रपति समेतले सन्यास फिर्ता लिन जोड गरेपछि मेसीले अगस्ट १२ मा आफ्नो निर्णय फिर्ता लिएका हुन्।
 
जितसँगै विश्वकप छनोटमा अर्जेन्टिनाले महत्वपूर्ण ३ अंक जोडेको छ भने ७ खेलबाट १४ अंकसहित तालिको शीर्ष स्थानमा छ। हारका बाबजुत पनि १३ अंक जोडको उरुग्वे दोस्रो स्थानमा छ।
 
दक्षिण अमेरिकी छनोटकै अन्य खेलहरुमा ब्राजिल, कोलम्विया, पाराग्वे र बोलिभिया विजयी भएका छन्।
 
ब्राजिलले इक्वेडरलाई ३-० ले हरायो। ब्राजिलको जितमा नेमार, गाब्रिएल जेससले १-१ गोल गरे। इक्वेडरका वाल्टर आयोभीले आत्माघाती गोल गरे। जितपछि १२ अंक जोडको ब्राजिल तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने उरुग्वे समान १३ अंक नै जोडेको इक्वेडर चौथो स्थानमा छ।
 
यस्तै ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको भेनेजुएलालाई २-० ले पराजित गर्दै कोलम्विया तेस्रो स्थानमा उक्लेको छ। कोलम्वियाको पनि उरुग्वे र इक्वेडर समान १३ अंक छ। कोलम्वियाको जितमा जेम्स रोड्रिग्वेल मानेले टोरेसले गोल गरे। भेनेजुएलाका विलकर एन्जेल र रोल्प फेल्चरले रातो कार्डको सामना गरे।
 
कोपा अमेरिका च्याम्पियन चिलीलाई पाराग्वेले २-१ ले पराजित गरेको छ। पाराग्वेको जितमा मिलर बोलानेस र ओस्कार रोमेरो र पाउला डा सिल्भाले गोल गरे। चिलीका लागि अर्टुरो भिदालले एक गोल गरे पनि हार टार्न पर्याप्त रहेन।

हेर्नुस् मेसीको गोल-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell