PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

राष्ट्रवादी युवाहरुले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि तनाव



पहिलोपोस्ट

राष्ट्रवादी युवाहरुले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि तनाव

नेपालगन्ज : राष्ट्रवादी युवा समूहले हिजो राखेको स्वर्गीय राजा वीरेन्द्रको सालिक राति नै प्रहरीले हटाएपछि तनाव बढेको छ।
 
नेपालगन्जको धम्बोझी चोकमा युवाहरुको समूहले हिजो सालिक राख्ने क्रममा झडप समेत भएको थियो। शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रहरीले सालिक हटाएर चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ।
 
बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौं जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सेतु विक चोक, धम्बोझी चोक, पुष्पलाल चोक र बिपी चोकलाई प्रहरी निगरानीमा राखेको छ।
 
सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले वीरेन्द्रको सालिक हटाए कडा प्रतिवाद गर्ने चेतावनी दिएको थियो।

दोस्रो जनआन्दोलन ०६२/०६३ का बेला धम्बोझी चोकमा रहेको वीरेन्द्रको सालिक तोडिएको थियो। 

फोटो : apanmithila 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell