PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

एकल गायनमार्फत आउँदैछन् राजवंशी



पहिलोपोस्ट

एकल गायनमार्फत आउँदैछन् राजवंशी

काठमाडौं : गायक बलराम राजवंशी पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन्।
 
तीजको दर खाने दिन भोलि शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने ‘बलराम राजवंशी एकल साँझ’मा क्रोमाटिक ब्याण्डको वाद्यवादनका साथ गायक राजवंशीले प्रस्तुति दिनेछन्।
 
शनिबार दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रमको आयोजना राजवंशी समाज विकास समिति काठमाडौं उपत्यका क्षेत्रीय समितिले गर्न लागेको हो। कार्यक्रममा गायक राजवंशीले करिब १५ वटा गीत प्रस्तुत गर्नेछन्। कार्यक्रममा उनले नेपाली, राजवंशी, हिन्दी गीत तथा गजलहरु पनि प्रस्तुत गर्नेछन्।
 
गायक राजवंशी विगतमा नेपाल टेलिभिजनबाट प्रसारित ‘तिम्रो सुर मेरो गीत’ कार्यक्रमको फाइनल राउण्डसम्म पुग्न सफल भएका थिए। इमेज च्यानलबाट प्रसारित ‘साउथ एशियन स्टार नेपाल’ गायन प्रतियोगिताको उत्कृष्ट ४ सम्म पुग्न सफल उनी २०६२ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट १० सम्म पुगेका थिए।
 
यो दसैंमा नेपाली गीतहरुको एकल एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेका उनले राजवंशी भाषाका ६ एकल एल्बम सार्वजनिक गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell