PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

साहित्यकार झमक घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने



पहिलोपोस्ट

साहित्यकार झमक घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने

काठमाडौं : साहित्यकार झमक घिमिरेलाई भदौ २० गते मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ।

आज राजधानीमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले गरेको कार्यक्रममा यसबारे जानकारी गराइएको हो। मध्यपश्चिमाञञ्चल विश्वविद्यालयले गएको जेठ ३१ गते झमकलाई मानार्थ विद्यावारिधि दिनेबारे निर्णय गरेको थियो। विश्वविद्यालयले राष्ट्रिय सभागृहमा गर्ने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान प्रदान गर्नेछन्।
 
यस्तै, आजै झमकको कविता संग्रह 'प्रेमिल आकाश'माथि अन्तरसंवाद गरिएको छ। 'कविहरुको इजलासमा' नाम दिइएको कार्यक्रममा झमकका कविताहरुबारे कवि तथा अन्य क्षेत्रमा कलम चलाउने लेखकले बोलेका थिए।
 
कवि अमर गिरी, सुलोचना मानन्धर, हरिहर तिमिल्सिना र फूलमान बल वक्ताका रुपमा उपस्थित थिए। झमकले लिखित रुपमा जिज्ञासामाथि जवाफ लेखिन्, जसलाई प्रतिष्ठानकी एक सदस्यले वाचन गरिन्।
 
कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद दिँदै उनले लेखिन्, 'संसारमा धेरै खालका मान्छे छन्। तीमध्ये कोही ईश्वर मान्छन्, कोही मान्दैनन्। मैले ईश्वर मान्ने/नमान्ने दुवैको लागि कविता लेखेँ। मन पराउने/नपराउने सबैको प्रशंसा र आलोचना स्विकार्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell