
काठमाडौं : टंकप्रसाद उप्रेतीको पुस्तक 'शिक्षाका प्रकाशपुञ्ज गोविन्दराज जोशी' सार्वजनिक गरिएको छ।
राजधानीमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले पुस्तकको विमोचन गरे। नेपाली साहित्यलाई विश्वमा चिनाउन लागिपरेको विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले पुस्तक प्रकाशनमा ल्याएको हो।
कार्यक्रममा गोविन्दराज जोशीलाई सम्मान समेत गरिएको थियो। पुस्तकको बारेमा वैरागी काइँला, सम्मानित जोशी, साहित्यकार भद्रकुमारी घलेले बोलेका थिए।