PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

मेसीलाई लाग्यो चोट, विश्वकप छनोट अन्तर्गत भेनेजुएलासँगको खेल नखेल्ने



पहिलोपोस्ट

मेसीलाई लाग्यो चोट, विश्वकप छनोट अन्तर्गत भेनेजुएलासँगको खेल नखेल्ने

सन्यासबाट फर्किएको पहिलो खेलमै गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका मेसीले चोटका कारण भेनेजुएला विरुद्धको खेल खेल्न नसक्ने भएका छन्।
 
ग्रोइन इन्जुरीका कारण मेसीले भेनेजुएला विरुद्धको खेल नखेल्ने भएका छन्। मेसीकै निर्णायक गोल मद्दतमा शुक्रबार भएको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराएको थियो। जितसँगै दक्षिण अमेरिकी छनोट समूहमा अर्जेन्टिना शीर्ष स्थानमा छ।

उरुग्वे विरुद्धको खेलपछि मेसीले ग्रोइनको चोटले आफूलाई धेरै गाह्रो भएको बताएका थिए।

अर्जेन्टिनाका प्रशिक्षक एडगार्डो बउजाले मेसीले खेल्न नसक्ने र उनलाई आराम चाहिएको बताएका छन्। 'उनले खेल्न सक्दैनन्। हामी कुनै खतरा लिदैनौं,' उनले भने, 'हामीले उनको बारेमा ध्यान दिनु जरुरी छ।'

विश्वकप छनोटको १८ खेलमध्ये ७ खेल खेलिसक्दा मेसीको अर्जेन्टिना शीर्ष स्थानमा छ। उरुग्वे, कोलम्विया, इग्वेडर, ब्राजिल र पाराग्वे क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं स्थानमा छन्।

दक्षिण अमेरिकाको १० टोलीमध्ये शीर्ष ४ टीमले सन् २०१८ मा रसियामा हुने विश्वकपमा सोझै छानिनेछन्। पाँचौं स्थानमा रहने टीमले भने ओसियानाको विजेतासँग दुई लेगको प्लेअफ खेल्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell