सुरुङ्गा (झापा) : सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने बताए। 'यसका लागि सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्नेछ,' मन्त्री बुढाथोकीले भने।
संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउन पनि सरकार लागिपरेको उनको भनाइ थियो। स्थानीय निकायको निर्वाचन भएपछि मात्रै स्थानीय तहको विकास निर्माणका कामले पनि गति लिनेमा उनले विश्वास व्यक्त गरे।
फरक प्रसंगमा मन्त्री बुढाथोकीले कर्मचारी सरुवा र बढुवाका लागि आफूलाई जति नै दबाब आए पनि नियम विपरित कुनै कार्य नगर्ने बताए। रासस