PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सडक विस्तारक्रममा त्रिपुरेश्वरमा चल्यो डोजर, सरकारी भवन पनि बाँकी रहेन

सडक विस्तारक्रममा त्रिपुरेश्वरमा चल्यो डोजर, सरकारी भवन पनि बाँकी रहेन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सडक विस्तारका क्रममा आज त्रिपुरेश्वर-टेकु सडकखण्डमा डोजर चलाइएको छ। सडकपेटीका भौतिक संरचना भत्काउने क्रममा सरकारी कार्यालय पनि बाँकी रहेन। सो कार्यालयको गेटसँगै बोर्ड पनि ढालिएको छ।

भूकम्पपछि रोकिएको सडक विस्तारको कामलाई सडक विभागले पछिल्लो समय गति दिएको हो। काठमाडौंका मुख्य सडक निर्माण गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विभिन्न स्थानमा सडकहरु चौडा पार्ने कामलाई तीव्र बनाइरहेको छ।
 
धुलोधुवाँ र ट्राफिक जामको सास्ती भोगिरहेका यहाँका नागरिक सडक विस्तारदेखि खुसी छन्। तर कतिपय ठाउँमा अवरोध पनि झेल्नुपरेको छ। यसअघि त्रिपुरेश्वर- कलंकी सडक विस्तार आयोजनामा तत्काल केही नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो।

आज त्रिपुरेश्वर-टेकु सडकखण्डमा डोजर प्रयोग गरी सडकपेटी र जग्गा मिचेर बनाइएका संरचनाहरु भत्काइएको छ। डोजरसँगसँगै सुरक्षाकर्मीसहितको टोली पनि यहाँ परिचालित गरिएको थियो। सो क्रममा सरकारी भवन पशु स्वास्थ्य निर्देशनालयको बाहिरी बोर्ड, गेटसँगै बाहिरी संरचना पनि भत्काइएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell