PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

आर्ट काउन्सिलमा किन पुगे दीपा र प्रियंका एकसाथ?



पहिलोपोस्ट

आर्ट काउन्सिलमा किन पुगे दीपा र प्रियंका एकसाथ?

काठमाडौं : फोटो पत्रकार क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिताका उत्कृष्ट फोटोको प्रदर्शन नेपाल आर्ट काउन्सिल बबरमहलमा जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा विविध विधामा बिजेता ठहरिएका बाहेक अन्य फोटो पनि राखिएका छन्।
 
आज फोटो हेर्नका लागि केही कलाकारहरु पनि आएका थिए। प्रदर्शनको तयारीमा रहेको फिल्म 'छक्का पन्जा'की निर्देशक दीपाश्री निरौला र अभिनेत्री प्रियंका कार्कीले पनि प्रदर्शनमा राखिएका फोटो नियाले।


त्यस्तै प्रदर्शनको लाइनमा रहेको रिश्मा गुरुङ पनि देखिइन्। उनी फिल्म 'झुम्की'को कलाकार हुन्। यसअघि 'कबड्डी'मा उनको अभिनयलाई धेरैले रुचाएका थिए।

 
रिश्मासँगै नवकलाकार नाजिर हुसेन पनि देखिए। 'होस्टल रिटर्न्स'बाट चर्चामा आएका नाजिरको मुख्य अभिनय रहेको फिल्म 'गाँठो' प्रदर्शनमा आउँदैछ।


प्रदर्शनी एक हप्तासम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell