PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

पर्यटकको अत्यधिक चापका कारण विश्वकै अग्लो स्थानमा रहेको ग्लास ब्रिज बन्द



पहिलोपोस्ट

पर्यटकको अत्यधिक चापका कारण विश्वकै अग्लो स्थानमा रहेको ग्लास ब्रिज बन्द

पर्यटकको अत्यधिक चाप बढेपछि विश्वकै अग्लो स्थानमा रहेको ग्लास ब्रिज खुल्ला गरिएको १३ दिनपछि नै बन्द भएको छ।

दक्षिण चीनमा रहेको उक्त ब्रिज ९८० फिट उचाइमा छ। गत अगस्ट २० मा पर्यटक र सर्वसाधारणको लागि खुल्ला गरिएको ब्रिजमा सुरुकै दिनदेखि पर्यटकको चाप बढेको थियो। एक पटकमा बढीमा ८ सय व्यक्तिको भार थाम्न सक्ने उक्त ब्रिजमा जानेको संख्या बढेसँगै सुरक्षाको लागि समेत बन्द गर्नुपरेको त्यहाँको प्रवक्ताले बताएका छन्। आन्तरिक व्यवस्थापनमा सुधार गर्नको लागि पर्यटन आगमनलाई बन्द गर्नुपरेको बताइएको छ।
 
हुनान प्रान्तस्थित झाङजिएजी ग्राण्ड क्यानोनमा अवस्थित उक्त ब्रिजबाट तल रहेको नदी स्पष्ट देख्न सकिन्छ।

पर्यटकहरुले ब्रिजमा बसेर विभिन्न पोजमा फोटो खिचेका छन् भने कतिले ब्रिजमै सुतेर समेत फोटो खिचाएका छन्।

गत जुन २५ मा अफिसियलहरुले ब्रिजमा कार दौडाएर परीक्षण गरेका थिए। उक्त ब्रिजको लम्बाइ करिब ४३० मिटर रहेको छ भने चौडाइ ६ मिटर छ। यस्तै ब्रिजमा ९९ वटा ग्लासको प्यानल प्रयोग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell