PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

'राधा' बन्नका लागि यसरी स्लिम बनिन् सञ्चिता लुइँटेल

'राधा' बन्नका लागि यसरी स्लिम बनिन् सञ्चिता लुइँटेल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अभिनेता निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि सार्वजनिक कार्यक्रममा देखा नपरेकी सञ्चिता लुइँटेल अहिले भने छाउन थालेकी छिन्।
 
दुई बच्चाकी आमा सञ्चिताको शरीर केही समयअघिसम्म अस्वाभाविक भद्दा थियो। अहिले भने उनले शरीरलाई निकै घटाएकी छिन्। उनले नयाँ फिल्ममा काम गर्नका लागि पनि शरीरलाई मेन्टेन गरिरहेकी छिन् यतिखेर। यसका लागि उनले जिमक्लब पनि धाइन्।
 
अब उनी केही समयपछि नै फिल्म 'राधा'मा देखा पर्दैछिन्। यो फिल्मको अहिले सुटिङ भइरहेको छ। 

'अप्सरा' फिल्मबाट उदाएकी सञ्चिताले मुनामदन, चोर सिपाही, मर्यादा, दाग, पर्खिराख है, माया त माया हो लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन्।


ट्रेन्डिङ पोस्ट

Ncell