PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

प्रेमिका लुलियासँग नोभेम्बर १८ मा बिहे गर्दै सलमान!



पहिलोपोस्ट

प्रेमिका लुलियासँग नोभेम्बर १८ मा बिहे गर्दै सलमान!

विवाहको विषयलाई लिएर बलिउड अभिनेता सलमान खान पटकपटक चर्चामा आउने गरेका छन्। यस पटक भने उनकी प्रेमिका लुलिया वन्तुरसँग नोभेम्बरमा विवाह हुने पक्का भएको खबर सार्वजनिक भएको छ।
 
सलमानले नोभेम्बर १८ मा आफ्नो विवाह हुने तर कुन वर्षको थाहा नभएको अभिव्यक्ति दिएको द इन्डियन एक्सप्रेस अनलाइनमा जनाइएको छ।
 
आखिर के हो सलमानले नोभेम्बर १८ मै विवाह गर्न चाहनुको कारण? उनका फ्यानहरुमा प्रश्न उठ्न सक्छ।
 
उनले विवाहको मिति तोके पनि त्यसको कारण भने खुलाएका छैनन्। केही भारतीय अनलाइनले यही नोभेम्बरको अन्त्यमा सलमानकी प्रेमिका लुलियाको भिसा सकिनु नै मुख्य कारण भएको जनाएका छन्। तर सलमानले भने आफ्नो बुवा सालीम खान र आमा सल्माको विवाह भएको दिन भएकाले १८ तारिक विवाह गर्न खोजेको बताए।
 
उनकी बहिनी अर्पिताको पनि दुई वर्षअघि नोभेम्बर १८ मै विवाह भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell