PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

१३ फोटोमा हेर्नुस्, विश्वकै अग्लो स्थानमा रहेको चामत्कारिक ग्लास ब्रिज जुन १३ दिनमै बन्द गरियो

१३ फोटोमा हेर्नुस्, विश्वकै अग्लो स्थानमा रहेको चामत्कारिक ग्लास ब्रिज जुन १३ दिनमै बन्द गरियो

पहिलोपोस्ट /पहिलोपोस्ट


दक्षिणी चीनमा रहेको ग्लास ब्रिज विश्वकै अग्लो स्थानमा रहेको ब्रिज हो। तर अच्मम त यो खुलेको १३ दिनपछि नै बन्द गर्नुपरेको छ।
 
पर्यटकको अत्यधिक चाप बढेपछि विश्वकै अग्लो स्थानमा रहेको यो आकर्षक र चामत्कारिक ग्लास ब्रिज बन्द हुन पुग्यो।

गत अगस्ट २० मा पर्यटक र सर्वसाधरणको लागि खुल्ला गरिएको ब्रिज ९८० फिट उचाइमा छ। सुरुकै दिनदेखि पर्यटकमको चाप बढेको थियो। एक पटकमा बढीमा ८ सय व्यक्तिको भार थाम्न सक्ने उक्त ब्रिजमा जानेको संख्या बढेसँगै सुरक्षाको लागि समेत बन्द गर्नुपरेको त्यहाँको प्रवक्ताले बताएका छन्। आन्तरिक व्यवस्थापनमा सुधार गर्नको लागि पर्यटन आगमनलाई बन्द गर्नुपरेको बताइएको छ।
 
हुनान प्रान्तस्थित झाङजिएजी ग्राण्ड क्यानोनमा अवस्थित उक्त ब्रिजबाट तल रहेको नदी स्पष्ट देख्न सकिन्छ। पर्यटकहरुले ब्रिजमा बसेर विभिन्न पोजमा फोटो खिचेका छन् भने कतिले ब्रिजमै सुतेर समेत फोटो खिचाएका छन्।

गत जुन २५ मा अफिसियलहरुले ब्रिजमा कार दौडाएर परीक्षण गरेका थिए। उक्त ब्रिजको लम्बाइ करिब ४३० मिटर रहेको छ भने चौडाइ ६ मिटर छ। यस्तै ब्रिजमा ९९ वटा ग्लासको प्यानल प्रयोग गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell