PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

वर्तमान शिक्षा जनताको अपेक्षाअनुरुप हुन सकेन : कांग्रेस नेता सिंह



पहिलोपोस्ट

वर्तमान शिक्षा जनताको अपेक्षाअनुरुप हुन सकेन : कांग्रेस नेता सिंह

काठमाडौं : कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान शिक्षा जनअपेक्षा अनुरुप गुणस्तरीय हुन नसकेको बताएका छन्।
 
आज बुद्धनगर बानेश्वरमा एसएलसीमा उत्कृष्ट स्थान ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गर्दै उनले शिक्षा सबैका लागि समान भनिए पनि विभेद देखिएको बताए।
 
अब दलहरुका सामु १७ महिना अति नै चुनौतीपूर्ण रहेको भन्दै नेता सिंहले संविधानको मर्म र भावनाअनुसार आवश्यक ऐनकानुन निर्माण गर्नु र तीन निर्वाचन सकाउनुपर्ने बताए। हाल स्थानीय तहको सीमांकनबारे उठेको विवाद जतिसक्दो चाँडो छलफलबाट निष्कर्षमा पुग्नुको विकल्प नरहेको उनको भनाइ थियो। दलहरुबीचको तिक्तताले जनतामा निराशा छाएको तर्फ समेत रहन पनि उनले आग्रह गरे।
 
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ बाट उत्कृष्ट स्थान ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell