PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

उपप्रम निधि भन्छन्- भीम रावलसित कुराकानी भएको हो, झण्ड‍ै‍ हात हालाहाल हैन



रमेश वाग्ले

उपप्रम निधि भन्छन्- भीम रावलसित कुराकानी भएको हो, झण्ड‍ै‍ हात हालाहाल हैन

काठमाडौँ : यतिबेला उपप्रधानमन्त्री विमलेन्द्र निधि र भूतपूर्व उपप्रधानमन्त्री भीम रावलबीच चर्काचर्की भएको समाचार निकै चर्चामा छ। खासमा भएको के थियो? 

सरकारमा गएपछि पहिलो पटक पत्रकारहरुलाई ब्रिफिङ गर्दै उपप्रम निधिले आफ्नो भारत भ्रमण र यो विषयमा स्पष्ट गरेका छन्।

एमाले नेता रावलसँग भारतलाई लेखेको पत्रका विषयमा चर्काचर्की नभएर कुराकानी मात्र भएको उनले बताए।  'एमालेले संसद्‌मा पनि कुरा उठाएको थियो, बालुवाटार बैठकमा पनि रावलजीले चासो राखेपछि मैले बुझाएको हुँ' उनले भने, 'तर झन्डै हात हालाहाल,चर्काचर्की भन्ने कुरा सत्य हैन।' 

भारत भ्रमण किन?

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ लिएर उपप्रधानमन्त्री र मन्त्रीहरुलाई सपथ गराएको केही दिनमा नै उपप्रधानमन्त्रीहरुलाई दुई छिमेकी मुलुकमा विशेष दुत पठाउने प्रस्ताव गरे। त्यो प्रस्ताव सुनेर सुरुमा निधिलाई परराष्ट्र मन्त्री नभएको र कांग्रेसकै भागमा परेकाले प्रस्ताव गरिएको भन्ने लागेको थियो।

उनले प्रधानमन्त्री दाहाललाई पनि त्यही कुरा सोधे। तर दाहालले दुई छिमेकीसँगको सम्बन्ध सुधार र ती देशबाट उच्च तहको कुटनीतिक 'भिजिटका' लागि नेपालले उच्च प्राथमिकतामा राखेको सन्देश दिन आवस्यक भएको बताए।

'उहाँले नै मलाई भारत र महराजीलाई चीन र मलाई विशेष प्रतिनिधिका रुपमा भ्रमणमा पठाउन लागेको बताउनुभयो' निधिले भने, 'त्यसपछि मैले पार्टी सभापति शेरबहादुर देउवासँग सल्लाह गरेँ। अनि विशेष प्रतिनिधिको भ्रमण ठीक हुन्छ भनेर केही कुटनीतिज्ञसँग पनि परामर्श गरेँ।' उनले कुटनीज्ञहरुबाट पनि ठीक हुन्छ भन्ने सुझाव आएपछि भ्रमणको मिति तय भएको बताए।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण मिति तय भएको छैन

निधिले भारतीय राष्ट्रपतिले भ्रमण गर्ने भनेर वचन दिए पनि मिति तय नभएको बताए। 'उहाँले आउने नै छु भनेर आश्वासन दिनुभएको छ, तर भ्रमणको मिति तय भएको छैन' निधिले भने, 'जहाँसम्म असोज ३ मा भन्ने समाचार छ, हाम्रा प्रधानमन्त्री नै २ गते फर्कने भएकाले त्यो सम्भव नहोला।' 

उनले समय मिलाएर भारतीय राष्ट्रपतिको भ्रमण हुनेमा भने आफू विश्वस्त रहेको बताए।

संविधानको कुरा भएको छैन

उनले भारत भ्रमणका क्रममा संविधान निर्माणका विषयमा छलफल नभएको बताए। नेपाल सरकारका प्राथमिकतामा हामीले सहयोग गर्नुस भनेका छौ' निधिले भने, 'त्यसबाहेक यहाँ चलाइएका अफवाह गलत हुन्।'

उनले राजनीतिक भेटघाटका क्रममा संविधान संसोधनका विषयमा दुई नेताले चासो राखेपनि आफूले त्यो विषयमा नेपालका राजनीतिक शक्तिहरूबीच छलफल भएको भन्दै आफूले 'त्यो हाम्रो आन्तरिक मामिला हो' भनेको बताए।

त्यसबाहेकका कुटनीतिक भेटमा संविधान संशोधनको विषय नउठेको बताए।

फास्टट्रयाकको 'फ' उच्चारण भएको छैन

निधिले अाफ्नो भ्रमणमा फास्ट ट्रयाकको 'फ' समेत उच्चारण नभएको बताए। यहाँ हाइपोथेटिकल समाचार र्‌युमर मात्र आएको उनको दावी थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell