PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

झरीमा रुझ्दै तीज मनाउँदै : हेर्नुस् १९ फोटो

झरीमा रुझ्दै तीज मनाउँदै : हेर्नुस् १९ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ। पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताए। 

दर्शनार्थीका लागि बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा आज नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको उनले बताए। 

आज पुरुषलाई पशुपति मन्दिर दर्शनमा निषेध गरिएको छ। कोषले यस वर्ष सशुल्क दर्शन बन्द गरेकाले सबै भक्तजन लामबद्ध भइबसेका छन्। यसपटक प्रहरीबाहेक स्वयम्सेवक पनि परिचालन नगरिएको कोषले जनाएको छ। देशभरका शिवालयमा पनि बिहानैदेखि व्रतालु महिला पूजा एवम् दर्शनका लागि पुगेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell