PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

झरीले रोक्छ कसरी? छाता ओढ्दै तीज मनाउँदै व्रतालु, हेर्नुस् १२ फोटो

झरीले रोक्छ कसरी? छाता ओढ्दै तीज मनाउँदै व्रतालु, हेर्नुस् १२ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


हरितालिका तीजका अवसरमा आज बिहानैदेखि पशुपति क्षेत्र लगायत शिवालयमा महिलाको घुइँचो लागेको छ। काठमाडौँमा आज बिहानदेखि परेको पानीले व्रतालुहरुलाई रोक्न सकेन। उनीहरु छाता ओढ्दै पशुपति दर्शनका लागि लाम लागेका थिए। 

पशुपति दर्शनका लागि आज बिहान ३ बजेदेखि नै लाइन लागेको थियो। व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको थियो। यस पटकदेखि पशुपति क्षेत्र विकास कोषले हजार रुपैयाँको टिकट किनेर लाइन नबसी दर्शन गर्न पाउने व्यवस्था हटाएको छ। 

हेर्नुस् इलिट जोशीले खिचेका केही फोटो


ट्रेन्डिङ पोस्ट

Ncell