PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

​ताल्चा फोड्ने औजार र चोरीका सामानसहित कलंकीबाट भारतीय पक्राउ



पहिलोपोस्ट

काठमाडौँ : भारत समस्ती घर भई हाल कलंकी डेरा गरी बस्ने २० बर्षीय टुलिया कोदारलाई प्रहरीले ताला फोड्ने औजार र चोरीका सामान सहित पक्राउ गरेको छ। 

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार विहान उनलाई काठमाडौँ महानगरपालिका–१४ कलंकी लाम्पाटीमा ताल्चा फोड्ने औजारसहित फेला पारी सोधुपुछ गर्दा चोरी गरेको केही सामानहरु कोठामा छ भनी बताएका थिए। त्यसपछि कोठामा खानतलासी गर्दा चोरीको ५ थान व्याट्री, वाइल्डिङ मेशिन २ थान, फलाम काट्न प्रयोग गरिने मेशिन १ थान , सामसुङ कम्पनीको मोवाइल २ थान ,महिलाले लगाउने कपडा २ थान , ३ थान साडी , २ थान कुर्ता सुरुवाल र नगद ५ हजार रुपैयाँ बरामद भएको थियो।
​ 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell