PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

खाल्डोमा सामान हाल्दै आपूर्ति मन्‍त्रीले भने, 'अब कडा कारबाही हुन्छ'



दीपेन श्रेष्ठ

खाल्डोमा सामान हाल्दै आपूर्ति मन्‍त्रीले भने, 'अब कडा कारबाही हुन्छ'

काठमाडौँ : कीर्तिपुरको सुन्दरीघाटमा आज बेग्लै चहलपहल थियो। सुरक्षाकर्मीहरुको उपस्थिति केही बाक्लै थियो। भन्नलाई प्रधानमन्त्री आउने हल्ला भए पनि खासमा त्यहाँ आउँदै थिए आपूर्ति मन्त्री दीपक बोहोरा। 

अंगरक्षक र सुरक्षाकर्मीसहित उनी आए। हातमा सेतो पन्जा लगाए। अनि नजिकै खनिएको खाल्डोमा धमाधम सामान फ्याँक्न थाले। ती सामान केही अघिमात्रै संस्थानको नम्बरप्लेटको हाइलक्स गाडीबाट ल्याइएको थियो। 

कार्यक्रम यही थियो, खाल्डोमा पुर्ने जसको उद्घाटन मन्त्री बोहोराले गरे। 

यो थियो आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आयोजना गरेको बजार अनुगमन टोलीबाट
जफत गरिएका खान अयोग्य एवं म्यान नाघेका वस्तुहरु नष्ट गर्ने कार्यक्रम।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहोराले भने, यो विषयमा अब हामी सून्य सहनशिलताका साथ अघि बढ्छौँ र कडा कारबाही गर्ने विधेयक संसदमा पेश गर्छौँ।
 
उनले भने, 'नेपाली जनतालाई निश्चिन्त गराउन चाहन्छु कि अब तपाईँहरुले अखाद्य वस्तु, म्याद गुज्रेका सामानहरु प्रयोग गर्नुपर्ने छैन। यदि तपाईँहरुले यस्ता सामान भेट्नु हुन्छ भने खबर गर्नुस्,कडाइका साथ कारबाही हुन्छ।'

उनले यस्तो बजार अनुगमनलाई प्रधानमन्त्रीको निर्देशन अनुसार निरन्तरता दिने पनि बताए। 



















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell