PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

ट्रयाक्टरको चक्काले किच्दा चालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा ६ जना घाइते



पहिलोपोस्ट

झापा : झापाको भद्रपुर नगरपालिका-२ मा ट्याक्टरको चक्काले किचेर चालकको ज्यान गएको छ।
 
मृत्यु हुनेमा झापा बालुवाडी-३ का ५० वर्षीय श्याम राजवंशी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सडक छेउमा रोकेर राखेको मे १ त २००८ नम्बरको ट्याक्टरबाट ओर्लने क्रममा अचानक गाडी गुडेपछि उनलाई किचेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।
 
यस्तै, बारामा दुइवटा मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका छन्।
 
बाराको कलैया-२३ कोइराला चोकमा ना ३६ प ४५९९ र ना २ प ५०७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए। दुर्घटनामा ४५९९ नम्बरको मोटरसाइकलका चालक पर्सा विश्रामपुरका ३५ वर्षीय अमजद देवान र ५०७५ नम्बरको मोटरसाइकलमा सवार ४ जना गरी ५ जना घाइते भएका हुन्। घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।
 
कपिलवस्तुमा पनि मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्। छोटकीमा गएराति भएको दुर्घटनामा चालक राष्ट्रिय अनुसन्धान कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार मीनबहादुर डाँगी घाइते भएका हुन्। उनलाई उपचारको लागि भइरहवा ल्याइएको छ। रा २ प १२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell