PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

म्याग्दीमा जमिन चिरिएर पहिरो जान थालेपछि २२ घरधुरी विस्थापनको खतरामा



पहिलोपोस्ट

म्याग्दीमा जमिन चिरिएर पहिरो जान थालेपछि २२ घरधुरी विस्थापनको खतरामा

म्याग्दी : म्याग्दीको बेगखोला-१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
 
बस्तीमाथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका हुन्।
 
बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पुर्‍याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीय टीका पुर्जा मगरले बताए। उनका अनुसार पहिरोको जोखिम बढेपछि १० परिवारले बेग गाउँमा आफन्तको घरमा सर्ने तयारी गरिसकेका छन्।
 
अविरल वर्षाको कारण बस्तीको विभिन्न स्थानमा पहिरोले जमिन फाट्ने, पहिरो खस्ने, शौचालय भत्कने, घर चर्कने समस्या देखिएपछि पहिरोको जोखिम झनै बढेको स्थानीयवासीले बताए।
 
यसै वर्ष लिस्ने खोलामा निर्माण गरिएको झोलुङ्गे पुलमा समेत खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ। पहिरो र बाढीले बालबालिकालाई समेत विद्यालयमा आवतजावत गर्न समस्या भएको छ। हालसम्म बेगखोला गाविसमा गाविस-६ का ११ घरधुरीसहित बाढी र पहिरोले १५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ।
 
पहिरोले बाँसबोटका सोमबहादुर नेपालीको, वडा नम्बर ४ का नगेन्द्र विक, वडा ६ औलका नेत्रबहादुर पुनको घर पनि भत्किएको नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाका सभापति ओमप्रसाद गर्वुजाले जानकारी दिए। (फोटो : myagdionline)

यो पनि : पोखराको चिप्लेढुंगामा जमिन भासिँदा दुई घर जोखिममा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell