PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

आज गणेश चतुर्थी, देशभरका गणेश मन्दिरहरुमा भक्तजनको भिड



पहिलोपोस्ट

आज गणेश चतुर्थी, देशभरका गणेश मन्दिरहरुमा भक्तजनको भिड

काठमाडौं : भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ।
 
शिव-पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा पनि अग्रपूजा गर्ने गरिन्छ। हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। 
 
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ। मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायक लगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भिड लागेको छ।
 
नेवार समुदायले आजको दिनलाई चथा पर्वका रुपमा मनाउँछन्। यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’बाँड्ने चलन रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell