काठमाडौं : स्वास्थ्योपचारका लागि थाइल्याण्ड गएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्।
उनी भदौ ९ गते श्रीमती र आफन्तसहित थाइल्याण्डको बैंकक गएका थिए। प्रधानमन्त्री बन्नुअघि पनि उनले थाइल्याण्डमा उपचार गराइसकेका छन्।
राज्यकोषबाट खर्च गरी उपचारका लागि गएको भन्ने चर्चा रहे पनि अध्यक्षका हैसियतले जाने हुँदा पार्टीले व्यवस्था मिलाएको र राज्यबाट कुनै आर्थिक सहयोग नलिइएको एमालेले जनाएको छ।