PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

ज्युँदो छु भन्न हिरोलाई यस्तो सास्ती!



पहिलोपोस्ट

ज्युँदो छु भन्न हिरोलाई यस्तो सास्ती!

फेसबुकबाट सेयर भएको फेक समाचारले सेलिब्रिटीलाई हैरान पार्छ। यसपटक यस्तै फेक समाचारको सिकार भए सिल्वस्टर स्टेलोन। हलिउडका सुपरस्टार स्टेलोनको मृत्यु भएको समाचार यसरी फैलियो कि उनले सामाजिक सञ्जालमा उपस्थित रहेर आफू बाँचेको पुष्टि गर्नुपर्‍यो

आफ्नो मृत्यु नभएको बुझाउन उनले ठट्यौली पाराको फोटो इन्स्टाग्राममा अपलोड गरे। व्यवसायिक बक्सर सेरगी कोभालेभसँग फोटो खिचेर उनले सामाजिक सञ्जालमा हालेपछि भ्रमपूर्ण समाचार गतल सावित भयो।

कुनै गतिलो स्रोतविनाको समाचार यति तीब्र गतिमा फैलियो कि सिल्वस्टरले मुस्काएको फोटो नहाली भएन।

हलिउडका फिल्महरु रक्की र रेम्बोका एक्सन लिजेन्डका विश्वव्यापी फ्यान छन्। त्यसैले पनि उनको मृत्युको खबर वेपत्ता फैलियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell