PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सलमान पुगे मनाली, भारत - चीन युद्धमाथि बन्दैछ फिल्म



पहिलोपोस्ट

सलमान पुगे मनाली, भारत - चीन युद्धमाथि बन्दैछ फिल्म

बलिउड सुपरस्टार सलमान खान हिमाञ्चल प्रदेशको मनाली पुगेका छन्। फिल्म ट्युवलाइटको सुटिङका लागि उनी त्यहाँ पुगेका हुन्। कविर खान निर्देशित फिल्मको सुटिङका लागि यो पूरै युनिट चार साता रहनेछ। आगामी अक्टोबरमा सुरु हुने बिग बोसको नयाँ संस्करणअघि नै सलमान यो फिल्मको सुटिङ सिध्याउन चाहन्छन्
 
सामाजिक सञ्जालहरुमा सलमानका फ्यानलहरुले उनीसँग खिचेका फोटोहरु सार्वजनिक गरेका छन्। फोटोमा सलमान स्थानीय पहिरनमा देखिएका छन्।
 
त्यसो त ट्युवलाइटको सुटिङ कास्मिर भ्यालीमा गर्ने तयारी थियो। तर त्यहाँको विग्रँदो माहोलले फिल्म सुटिङको स्पट फेरियो।
गत जुलाइमा फिल्मको लदाकमा सुटिङ गरिएको थियो।

सन् १९६२ को इन्डिया-चाइना युद्धमा आधारित रहेर फिल्म बन्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell