PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

थाइल्याण्डबाट फर्किएका ओलीको व्यंग्य- 'सरकारले के गर्दैछ? मैले भनिराख्नुपर्छ र'



सविन ढकाल

थाइल्याण्डबाट फर्किएका ओलीको व्यंग्य- 'सरकारले के गर्दैछ? मैले भनिराख्नुपर्छ र'

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अब स्वस्थ भएर फर्किएकाले देश र जनताको काम गर्दै संविधान कार्यान्वयनमा लागिपर्ने बताएका छन्।
 
स्वास्थ्योपचार गराई थाइल्याण्डबाट फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूले स्वस्थ अनुभव गरिरहेको बताए। चिकित्सकको रिपोर्टमा कुनै खराबी समेत नदेखिएको उनले जानकारी गराएका छन्।
 
अर्को प्रसंगमा उनले संविधान संशोधन कुनै बहकाउ र लहैलहैको भरमा हुन नहुने बताए। 'संविधान संशोधन नै हुनुहुन्न भन्ने होइन,' पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, 'तर एकलौटी रुपमा संशोधन हुन सक्दैन।' संशोधन गरिमाग्ने दल र सरकारले आफूहरुसँग यसबारे कुनै जानकारी नगराएको उनको भनाइ थियो।
 
सरकारको एक महिनाको कार्यकाललाई कसरी मूल्यांकन गर्नुभएको छ? भन्ने पत्रकारको प्रश्नमा उनले 'सरकारले के काम गरिरहेको छ भनेर मैले नै किन भन्नुपर्‍यो र' भनी व्यंग्य गरे। 
 
ओली भदौ ९ गते श्रीमती र आफन्तसहित थाइल्याण्डको बैंकक गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell