उर्लाबारी (मोरङ) : मोरङको विराटनगर-८ स्थित कोसी राजमार्गमा भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ।
बिहान साढे १० बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी ११ ए ८२८६ नम्बरको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको थियो। सो दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर-४ बस्ने ६६ वर्षीय भोजराज कोइरालाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते कोइरालालाई उपचारका लागि न्युरो अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिए।
ठक्कर दिने ट्याङ्करलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस