काठमाडौँ : गत वर्ष वैशाख १२ को महाभूकम्पपछिका केही समय लगातार परकम्प गइरहे पनि आज ४४ दिनपछि पहिलो पटक ४ म्याग्निच्युडमाथिको कम्पन रेकर्ड भएको छ।
आज एकै दिन दुई वटा परकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
आजको पहिलो कम्पन बिहान ६ बजेर २२ मिनेटमा दोलखा केन्द्र बनाई गएको थियो। यो ४.१ म्याग्निच्युडको थियो। त्यसको दुई घण्टा पनि नबित्दै पुनः दोलखा नै केन्द्र बनाई ७ बजेर ४९ मिनेटमा ४.५ म्याग्निच्युडको परकम्प रेकर्ड भयो।