PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

पोखराको लामाचौरमा न्यु डायमण्ड लगातार चौथो पटक राष्ट्रिय महिला भलिबल च्याम्पियन



पहिलोपोस्ट

पोखराको लामाचौरमा न्यु डायमण्ड लगातार चौथो पटक राष्ट्रिय महिला भलिबल च्याम्पियन

लामाचौर (पोखरा) : काठमाडौंको न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।
 
आइतबार सम्पन्न फाइनल खेलमा डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०-२८, २५-१५ र २५-२० ले हरायो। डायमन्डको जितमा प्रतिभा मालीले सर्वाधिक २५ स्कोर गरिन्। कप्तान ललिता नाथले ८ तथा पनामिका राईले ७ स्कोर गरिन्।
 
यी तीन खेलाडीसँगै डायमन्डकी सटर कृपा अधिकारी, लिबेरो सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
 
मुख्य स्पाइकर सरस्वती चौधरीबिना खेलिरहेको एपिएफको लामाचौरमा भने यो लगातार चौथो फाइनल हार हो।
 
एपिएफकी रेश्मा भण्डारी र नेविका चौधरीले समान १२ स्कोर गरे भने उषा विष्टले ५ स्कोर गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
 
न्यु डायमन्डका प्रशिक्षक कुमार राईले टोलीले आफनो पुरानो साखलाई पुन फर्काएको बताए।
 
व्यक्ति विधातर्फको उत्कृष्टमा पनि न्यु डायमण्डकै खेलाडीको वर्चस्व रह्यो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडिको उपाधि प्रतिभा मालीले जितिन्। यसैगरी उत्कृष्ट क्विकर डायमन्डकी ललिता नाथ, उत्कृष्ट सेटर कृपा अधिकारी, उत्कृष्ट डिफेन्स सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक कुमार राई चुनिए।
 
एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर बन्दा आर्मीकी मनिषा खाँड उत्कृष्ट ब्लकर चुनिइन्। पश्चिमाञ्चलको टप्स स्कुलकी अरुणा शाही उत्कृष्ट सर्भरबाट सम्मानित भइन्।
 
यसैगरी घरेलु टोली पश्चिमाञ्चलको टप्स स्कुलले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ। टप्सले आर्मीलाई २५-१६, २५-१२, २५-१५ ले हरायो। टप्सको जितमा स्पाइकर अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरिन्।
 
प्रतियोगिताको विजेता डायमन्डले ७५ हजार, एपिएफले ५० हजार र टप्सले २० हजार रुपैयाँ प्राप्त गरे।
 
विजेतालाई आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिंह भण्डारी, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, आयोजक संस्थाकी सचिव लक्ष्मी क्षेत्री पाण्डे लगायतले पुरस्कृत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell