PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

गृहिणीहरुका लागि लन्च बक्स



पहिलोपोस्ट

गृहिणीहरुका लागि लन्च बक्स

काठमाडौं : 'भान्छादेखि उद्यमसम्म महिला' भन्ने नारासहित प्रोजेक्ट लन्च बक्सको सुरुवात भएको छ।
 
तीजको दर खाने कार्यक्रमको अवसर पारेर अमेरिकी राजदूतावास युवा परिषद् २०१५ को प्रोजेक्ट अन्तर्गत उक्त लन्च बक्स स्थापना गरिएको हो।
 
ललितपुरको बाडेगाउँस्थित बुद्ध उच्च माविमा अमेरिकी राजदूतावसका प्रतिनिधि एनेका स्टोनहमको उपस्थितिमा यसको औपचारिक सुरुवात भयो।
 
युथ परिषदमा सबै सात जना महिला नै रहेका छन्। रोमी गिरी, श्रद्धा आचार्य, सन्ध्या जोशी, अनिशा भट्ट, मन्जु गौतम, कविता चापागाई र रेनुका दाहाल यहाँ आबद्ध छन्। उनीहरुले तयार पारेको प्रोजेक्ट अमेरिकन राजदूतले मान्यता दिएपछि यसको सुरुवात भएको हो।
 
ललितपुर बाडेगाउँका गृहणी महिलाको लागि प्रोजक्ट तयार पारिएको हो। यसको मुख्य उद्देश्य महिलाहरुको विकास र उद्यमशीलतामा ध्यान दिनु रहेको छ।
 
पछि परेका र आयस्रोत नभएका महिलाहरुको लागि आयस्रोतको माध्यम बनाउन प्रोजेक्टले सघाउ पुर्‍याउनेछ। यसबाट २२० महिला लाभान्वित हुने युथ परिषद सदस्य रोमी गिरीले बताइन्। उनका अनुसार यसमा दुई सय गृहणी महिला र २० जना उपभोक्ताहरु रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell