PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​‘गाँठो फुक्यो हुलाकी राजमार्गको’



मनोज सत्याल

​‘गाँठो फुक्यो हुलाकी राजमार्गको’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भदौ ३० गतेबाट हुन लागेको भारत भ्रमणमा भारतसँग सम्बन्धित प्रोजेक्टहरुलाई प्राथमिकताका साथ उठाउन लागेको बताएका छन्। 

संसदको विकास समितिमा प्रचण्डले हुलाकी सडकलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै दोश्रो र तेश्रो फेज निर्माण प्राथमिकतामा राखेको उल्लेख गरे। 

सांसद रामअयोधीप्रसाद यादवले हुलाकी राजमार्गको प्रगतिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले हुलाकी सडकको गाँठो फुकेको बताए। 

‘समस्या समाधान भइसक्यो’, उनले भने, ‘जनकपुर, जलेश्वर, भिट्टामोड मार्गमा निर्माणकर्तासँग सम्झौता गरेर एक हप्ताभित्र कार्य प्रारम्भ हुन्छ।‘

उनले आउँदो २६ गते आयोजनाको शिलन्यास गर्न लागेको समेत उल्लेख गरे। 

तराईका २० जिल्लाका १७ वटा सदरमुकाम जोड्ने हुलाकी राजमार्ग सन् २००४ मा भारतीय कम्पनीमार्फत् निर्माण गर्ने र त्यसमा भारतले सहयोग गर्ने सम्झौता भएको थियो। आयोजना अगाडि बढेपछि बीचमै भारतीय ठेकेदारहरुले काम छाडेर हिँडेका थिए। त्यसयता नेपालले आफैँ निर्माण गर्ने वा भारतीय सहयोगमा भन्ने अन्यौलका कारण आयोजना अगाडि बढ्न सकेको थिएन। 

१ हजार ९ सय ९२ किलोमिटर लामो हुलाकी सडकको ८ सय १७ किलोमिटर उत्तर दक्षिण सडक र ९ सय ७५ किलोमिटर लम्बाइ रहनेछ। 
केही दिनअघि भारतीय राजदुत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकबीच हुलाकी सडकको विषयमा छलफल समेत भएको थियो। 
हुलाकी सडकका लागि १३ अर्ब बजेट आवश्यक रहेकोमा भारतले ८ अर्ब दिने र नेपालले ५ अर्ब खर्च गर्ने भनिएपनि कहाँ गर्ने टुङ्गो लाग्न बाँकी रहेको थियो।

सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले अहिले त्यो विषय टुङ्गोमा पुगेको बताए। 

‘कुन-कुन सडक छुट्याउने, भारतले के के गर्ने र हामीले गर्ने भन्ने छुट्टियो’, उनले भने, ‘हामीले गर्ने सडक जनकपुर – भिट्टामोड, नवलपुर – मलंगवा भन्ने भयो। त्यसको कन्ट्र्याक्ट साइन भइसक्यो, एग्रिमेन्टका लागि बोलाएको हो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell