PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मरुगणेशमा गणेश आराधना, हेर्नुस् १० फोटोमा

मरुगणेशमा गणेश आराधना, हेर्नुस् १० फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदैछ।
 
शिव-पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा पनि अग्रपूजा गर्ने गरिन्छ। 

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ। मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायक लगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भिड लागेको छ।
 
नेवार समुदायले आजको दिनलाई चथा पर्वका रुपमा मनाउँछन्। यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’बाँड्ने चलन रहेको छ। 

आज काठमाडौंको मरुटोलमा रहेको मरु गणेशको मन्दिरमा पनि गणेशको विशेष पूजा आराधना गरिएको छ।

फोटोमा हेर्नुस्, यही मरु गणेशमा गणेश पूजा-


ट्रेन्डिङ पोस्ट

Ncell