PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

राइजिङ मलको क्युज सिनेमा दोस्रो वर्षमा, दर्शकका लागि टिकटमा छुट



पहिलोपोस्ट

राइजिङ मलको क्युज सिनेमा दोस्रो वर्षमा, दर्शकका लागि टिकटमा छुट

काठमाडौं : दरबारमार्गस्थित राइजिङ मलमा रहेको मल्टिप्लेक्स सिनेमा हल 'क्युज सिनेमाले' स्थापनाकालको दुई वर्ष पूरा गरेकोमा टिकट दरमा छुट गरेको छ।

क्युज सिनेमाले यही भदौ २० गतेदेखि २३ गते सम्मलाई हलमा प्रदर्शन हुने हरेक शोमा क्युज १ का लागि २ सय रुपैया र क्युज २ का लागि ३ सय ५० रुपैयाँ मात्र तय गरेको हो। सिनेमाले तीन दिनभित्र लक्की ड्र मार्फत दर्शकका लागि विभिन्न उपहार पनि प्रदान गर्ने भएको छ।

अन्य समयका नियमित शोमा क्युज १ का लागि टिकट दर २ सय ८० थियो भने क्युज २ का लागि ४ सय ९० थियो। हरेक हप्ताको मङ्गलबार भने क्युज डे मनाउँदै सिनेमाले टिकटदर क्युज १ मा २ सय रुपैयाँ र क्युज २ मा ३ सय ५० रुपैया निर्धारण गरेको थियो।

क्युज सिनेमाले वृद्ध, अपाङ्ग र बालबालिकाका लागि पनि टिकट दरमा विशेष छुट प्रदान गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell