PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

'एवोर्सन' गराउँदा महिलाको गयो ज्यान, शब बुझ्न यस्तो 'डिल'



पहिलोपोस्ट

खोटाङ : शल्यक्रिया मार्फत गर्भपतन गराउने क्रममा चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाएकी धितुङ–७ की ३९ वर्षीया टलकुमारी राईको शव आज आफन्तले बुझेका छन्।
 
मृतक परिवारलाई राहतस्वरुप रु पाँच लाख दिन स्वास्थ्य मन्त्रालय समक्ष सिफारिस गर्ने, मृतकको दाहसंस्कार र किरिया खर्चबापत अस्पतालले तत्काल रु ४० हजार र १५ दिनभित्र रु ६० हजार उपलब्ध गराउने, मृतक परिवारलाई रोजगारीका लागि सरकारी तथा गैरसरकारी संस्थामा पहल गर्ने, आश्रित बालबालिकाको शिक्षादीक्षाका लागि व्यवस्था गर्ने लगायत सहमति भएपछि शव बुझिएको मृतकका दाजु ज्ञानु सेरालुङले बताए।
 
मृतकका परिवारले राखेको माग सम्बोधन गर्दै अस्पतालले दिने रु एक लाखमध्ये तत्कालका लागि रु ४० हजार लिएर पीडित परिवारले शव बुझेको निमित्त प्रजिअ दिनेश कुमालले बताए। 
 
अस्पतालका मेडिकल अधिकृत डा सन्तोष साहले शल्यक्रिया गरेर गर्भपतन गराउँदा गम्भीर बिरामी परेकी राईलाई थप उपचारका लागि काठमाडौँ लैजान खानीडाँडा विमानस्थल लाने क्रममा आइतबार दिउँसो मृत्यु भएको जानकारी दिए।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell