PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

तीजको अन्तिम दिन, ११ फोटोमा हेर्नुस् सप्तर्षिको आराधना

तीजको अन्तिम दिन, ११ फोटोमा हेर्नुस् सप्तर्षिको आराधना

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : तीजको अन्तिम दिन आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दु नारीहरुले मनाइरहेका छन्। ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीजको विधिवत समापन हुन्छ।
  
आज सप्तर्षिको पूजा गरी विशेषगरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारी पूजाआराधनामा व्यस्त रहन्छन्।
 
बिहानै उठेर उनीहरुले यो दिन नदी, खोला, ताल, तलैया र पोखरीमा गई नुहाइधुवाइ गर्ने गरेछन्। ३६५ दतिवनले दाँत माझ्ने प्रचलन पनि छ। रजस्वलाका बेला कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
 
स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। 
 
सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाइ छ। आज स्नान गरी ऋषिपञ्चमीको पूजा लगाएपछि नरोपी उम्रेका अन्न सामाको धान (खनजोत नगरी जङ्गलमा उम्रने), कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्नुपर्ने व्रतविधि छ।

आज काठमाडौँ टेकुको ऋषेश्वर मन्दिर लगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु महिला भक्तजनको भिड लागेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell