PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

दुई सवारी दुर्घटनामा १० जना घाइते



पहिलोपोस्ट

खोटाङ : शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
 
दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नम्बरको गाडी दिक्तेलमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।
 
दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चालक सूर्य तामाङ, कम्पनीका लेखापाल प्रदीप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अपरेटर खड्गबहादुर आले घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।
 
घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ। 
 
यस्तै, माइक्रोबस दुर्घटना हुँदा सप्तरीमा छ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा माइक्रोबस दुर्घटना भएको हो।
 
पूर्वबाट काडमाडौँतर्फ जाँदै गरेको बा ४ ख ४१६ नंको माइक्रोबस शम्भुनाथमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
 
माइक्रोबसमा सवार झापा बिर्तामोड–५ का चिन्टु दास, झापा शिवसतासी–९ की धनमाया राई, सोही ठाउँकी धनकुमार लिम्बू, बिर्तामोड–७ का मानोज भट्टराई, कपिलवस्तुका विवेक श्रीवास्तव र धनकुटा आहाले–८ की आशा राई लगायत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
 
माइक्रोमा १४ यात्रु सवार थिए। घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell