PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रधानमन्त्रीले भने- 'युद्धभूमिबाट फर्किइसकेँ, अब बुद्धको शान्ति सन्देश फैलाउन चाहन्छु'



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने- 'युद्धभूमिबाट फर्किइसकेँ, अब बुद्धको शान्ति सन्देश फैलाउन चाहन्छु'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मस्थल नेपालमा विश्वका एक अर्ब बौद्ध धर्मावलम्बी आउने वातावरण बन्यो भने विश्वभर शान्ति सन्देश प्रवाह गर्न सकिने बताएका छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बुद्धिष्ट एशोसिएसन अफ चाइनाका अध्यक्ष माष्टर छन ह्वासहितको टोलीसँग भेट गर्दै उनले विश्व शान्ति सबैको चाहना रहेको बताए। बुद्धिष्टहरुलाई भित्र्याउन सके नेपालको आर्थिक र पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीले बुद्धको शिक्षा सार्वभौम रहेको र यो सर्वकालका लागि मान्य हुने बताउँदै विश्व शान्ति चाहने सबैका लागि उपयोगी रहने भेटमा बताए।
 
अशोकाको भूमिका युद्धबाट फर्केर शान्तिका लागि भए जस्तै आफू पनि युद्धबाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पुर्‍याउन चाहेको प्रधानमन्त्रीले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell