PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

प्रेस चौतारी चितवनलाई ३५ लाखको जग्गा



पहिलोपोस्ट

चितवन : प्रेस चौतारी नेपाल चितवन शाखाको भवन निर्माणका लागि स्थानीय व्यवसायी तेजबहादुर कार्की (केशव) ले भरतपुर उपमहानगरपालिका वडा नं ११ बसेनीमा १० धुर जग्गा उपलब्ध गराउने भएका छन्।

करिब रु ३५ लाख बराबरको जग्गा प्रेस चौतारीलाई दिन लागिएको हो।

प्रभु हाउजिङ प्रालिका अध्यक्ष कार्की र प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्कीले छिट्टै प्रेस चौतारीको नाममा रजिस्ट्रेसन गराएर लालपुर्जा हस्तान्तरण गर्ने बताए। 

सो जग्गामा चौतारीले एक वर्षभित्रमा भवन बनाउनेछ। 

कार्कीले यसअघि नेपाल प्रेस युनियनले बसेनीमा नै बनाउँदै गरेको कार्यालय भवनका लागि पाँच लाख उपलब्ध गराएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell