PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

ट्रकमा राखिएको १४ बोराबाट २८२ केजी चरेस बरामद



पहिलोपोस्ट

चितवन : मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ।
 
मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनले सुराकका आधारमा २ सय ८२ किलो चरेस नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ६२५२ नंको ट्रकमा १४ बोरामा २ सय ८२ पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको हो।
 
ट्रकका चालक मकवानपुर जिल्ला नामटार गाविस–९ का ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिइएको छ। चरेस ओसारपसारमा संलग्न भरियाको धादिङमा खोजी भइरहेको छ। यो परिमाणको चरेस जिल्लामा नियन्त्रणमा लिइएको सम्भवतः पहिलो भएको उनले बताए।
 
यस्तै आज बिहानै पूर्वी चितवनको भण्डारमा रहेको प्रहरी चौकीबाट २५ किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा नगरपालिका–२८ का जीवराज बुलन, हाँडीखोला गाविस–५ का ३९ वर्षीय दीपक लामा र बसका चालक हेटौँडा नगरपालिका–२९ का २३ वर्षीय ईश्वर अर्याल छन्।
 
बुलन र लामाको झोलाबाट गाँजा बरामद भएको हो। उनीहरु वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना५ख ३५०३ नंको बसमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको जनाइएको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell