PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

व्यवसायी धम्क्याउने पूर्वमन्त्रीलाई सघाएको आरोपमा प्रहरी निरीक्षक पक्राउ



सविन ढकाल

व्यवसायी धम्क्याउने पूर्वमन्त्रीलाई सघाएको आरोपमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ : महिला व्यवसायीलाई धम्क्याएको आरोपमा सोमबार पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा एक प्रहरी निरीक्षकलाई प्रहरीले हिरासतमा लिएको छ। 

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपुर भैँसेपाटी प्रभागका प्रमुख रहेका प्रहरी निरीक्षक अनिल पण्डितलाई पक्राउ गरेको हो। 

पक्राउ परेका पण्डितले गुप्तालाई सहयोग गरेबापत रकम मागेको डिएसपी ईश्वर कार्कीले पहिलोपोस्टलाई जानकारी दिए। उनले पहिलो किस्तास्वरुप ७५ हजार लिइसकेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ।  

पक्राउ परेका प्रहरी निरीक्षक पण्डितले मेनवापर सञ्चालक तारा रेग्मीसँग गएर ७५ हजार लिएको डिएसपी कार्की बताउँछन्। 

पूर्व मन्त्री गुप्ताले महिला व्यवसायी तारा रेग्मीलाई धक्काएर ५० लाख मागको उजुरी परेपछि गुप्तालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाकी पत्नी गीता ढकाल कोइरालालाई हत्या गरेको मुद्दामा अदालतले कोइरालासहित उनकी प्रेमिका भनिने रेग्मीलाई पनि ११ महिना कैद सजाय सुनाएको थियो। तर उनी कैद भुक्तान नगरी फरार रहेका थिए। हाल उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा बुझाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell