PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

नेपाली फिल्मकी पहिलो महिला निर्देशक सुचित्राले हिन्दी फिल्म बनाउँदै



पहिलोपोस्ट

काठमाडौं : नेपाली फिल्म क्षेत्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन्।
 
उनको निर्देशनमा बन्न लागेको हिन्दी फिल्म 'चक्र'को घोषणा गरिएको हो। राजेश राजसँग संयुक्त निर्देशन गर्न लागिएको फिल्म भारतको बिहार र नेपालका विभिन्न ठाउँहरुमा छायांकन हुने भएको छ।
 
पहिलो महिला निर्देशक भनिएकी सुचित्रा श्रेष्ठले प्रेम योद्धा नामक फिल्म निर्देशन गरेकी थिइन्। जसमा नायक श्रीकृष्ण श्रेष्ठको अभिनय थियो।
 
उनी चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष पनि हुन्। फिल्म घोषणा गर्ने अवसरमा सुचित्राले अभिनेता भारतीय वा नेपाली जुन मुलको भए पनि फिल्मका लागि अभिनेत्री नेपाली नै चयन गर्ने जानकारी दिइन्। फिल्म युनिट तिहारपछि फ्लोरमा उत्रिँदैछ।
 
शशि कुमारको कथामा बन्न लागेको फिल्म चक्रलाई अनवर राजले निर्देशन गर्न लागेका हुन्। फिल्मका लागि १२ करोड भारतीय रुपैयाँ लगानी गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell