
काठमाडौं : नेपाल सितोरियो कराते संघ लैनचोर डोजोको आयोजनामा वर्ल्ड कराते फेडेरेसनका उपाध्यक्ष कल्पेस मकवानाको उपस्थितिमा तीनदिने प्रशिक्षण सकिएको छ।
जापानबाट आएका भारतीय मुलका मकवानाले नेपालका खेलाडीलाई परम्परागत शैलीको प्रशिक्षण गराएका हुन्। यसमा कसरी आफ्नो रक्षा गर्ने र आक्रमण गर्ने भन्ने दोस्रो विश्वयुद्धमा प्रयोग भएको बन्दुक शैलीको प्रशिक्षण समावेश हुन्छ।
राजधानीको ठमेलस्थित अप्सरा होटलमा भएको प्रशिक्षण कार्यक्रममा नेपालका करिब दुई दर्जन खेलाडीले सहभागिता जनाएका थिए।
प्रशिक्षणपछि मकवानाले नेपाली खेलाडीमा धेरै क्षमता र सम्भावना रहेको बताए। सरकार र ओलम्पिक कमिटी लगायतका संस्थाले सहयोग गर्ने हो भने नेपाली खेलाडीले पनि धेरै राम्रो गर्ने र अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सक्ने उनको भनाइ थियो।
यस्तै मकवानाले नेपालका राजकुमार थारुलाई चिफ कोच र लक्ष्मण खड्कालाई टेक्निकल डिरेस्करको प्रमणपत्र समेत प्रदान गरे।
को हुन् कल्पेस कमवाना?

मकवाना भारतीय मुलका जापानी प्रशिक्षक हुन्। मकवाना वर्ल्ड कराते फेडेरेसनका भाइस प्रेसिडेन्ट समेत हुन्।
यस्तै इन्टरनेसनल सोतोकान सोवुकान कराते एसोसिएसन जापानको बोर्ड अफ डाइरेक्टर रहेका मकवाना दक्षिण एसियाका प्रमुख हुन्। उनी वर्ल्ड कराते फेडेरेसनको सातौं डान तथा जापान कराते फेडेरेसनको छैटौं डान हुन्।
उनी दोस्रो पटक नेपाल भ्रमणमा आएका हुन्।