PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

६ वर्षे बालिकाको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई ३५ वर्ष कारागार सजाय



पहिलोपोस्ट

कलैया : बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागार सजायको फैसला गरेको छ।
 
जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय अरविन्दलाल दासलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र बलात्कारमा १५ वर्ष तथा कलैया–८ बस्ने ४५ वर्षीय मदन मिश्रलाई कर्तव्य ज्यानमा दुई वर्ष र १६ वर्षीय पवन मिश्रलाई ६ महिना कैद सजायको फैसला गरेको छ।
 
अभियुक्तले २०७१ कात्तिक २२ गते ६ वर्षीया कञ्चनकुमारी ठाकुरलाई ललाइफकाई कलैया–८ स्थित कलैया अस्पतालको पछाडि लगी बलात्कार गरी हत्या गरेको अदालतका स्रेस्तेदार मोहन सुवेदीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell