PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

'अल्ट्रा रनर' मीरा राईको उपचारका लागि सरकारले पाँच लाख दिने



पहिलोपोस्ट

'अल्ट्रा रनर' मीरा राईको उपचारका लागि सरकारले पाँच लाख दिने

काठमाडौँ : सरकारले ‘पराधाविका’(अल्ट्रा रनर) मीरा राईको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसबमोजिम अर्थ मन्त्रालयले राईलाई उक्त रकम दिने निर्णय गरेको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए। अब बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गरेपछि मीराले उक्त सहयोग रकम पाउनेछिन्।

हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी राई अहिले इटालीको भेरोना अस्पतालमा उपचार गराइरहेकी छिन्। गतवर्ष फ्रान्समा आयोजक सहित इटाली, स्पेन जस्ता देशका चर्चित धाविकलाई पछि पार्दै महिलातर्फको ८० किमि मोन्ट ब्लक म्याराथनमा उनी विश्व च्याम्पियन बनेकी थिइन्।

मीरा माओवादीको पूर्व अयोग्य लडाकु समेत हुन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell